दफा ४७
सम्पत्ति रोक्का, बरामद वा जफत हुने:
(१) कुनै व्यक्तिले यो ऐन वा प्रचलित कानून बमोजिम: भ्रष्टाचार गरेको मानिने कुनै कार्य गरी आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको अन्य सम्पत्ति समेत आफ्नो वा अरु कसैको नाममा राखेको प्रमाणित भएमा त्यस्तो सम्पत्ति जफत हुनेछ।

(२) उपदफा (१) मा: जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो सम्पत्तिको हक कसैलाई हस्तान्तरण गरिसकेको र त्यसरी हस्तान्तरण गर्दा थैली कायम भएको रहेछ भने सो रकम कपाली सरह हुनेछ।

(३) . यस ऐन बमोजिमको कसूरको अनुसन्धानको सिलसिलामा प्राप्त भएको जुनसुकै व्यक्तिका: नाममा राखिएको देहायको सम्पत्ति कसूर प्रमाणित भएमा जफत हुनेछ:-

(क) कसुूरसँग सम्बन्धित नगद वा जिन्सी,

(ख) कसूर गर्नका लागि प्रयोग भएको

सम्पत्ति, साधन वा अन्य मौद्रिक उपकरण ।

(४) उपदफा (१) वा (३) बमोजिमको सम्पत्ति जफत गर्ने प्रयोजनको लागि त्यस्तो सम्पत्ति प्रचलित कानून बमोजिम पहिचान, तलासी वा रोक्का गर्न सकिनेछ।

(५) उपदफा (१), (३) वा (४) बमोजिम जफत वा रोक्का भएको सम्पत्तिको व्यवस्थापन प्रचलित कानून बमोजिम गरिनेछ।

(६) उपदफा (१), (३) वा (४) बमोजिमको सम्पत्ति पूर्ण वा आंशिक रूपमा अर्को कुनै सम्पत्तिमा रूपान्तरण वा परिवर्तन गरिएको, मिसाइएको वा अन्य कारणले छुट्याउन नसकिने भएमा त्यस्तो सम्पत्ति समेत सोही उपदफा बमोजिम/जफत वा रोक्का गरिनेछ।

(७) यस ऐन बमोजिमको कसुूरबाट प्राप्त रकम कानूनसम्मत स्रोतको सम्पत्तिमा मिसाइएको रहेछ भने त्यसरी मिसाइएको सम्पत्तिको मूल्याङ्कित मूल्यको हदसम्म जफत गरिनेछ।

(८) यस ऐन बमोजिमको कसूरमा संलग्न नरहेको -तर त्यस्तो कसूरबाट प्राप्त गरेको सम्पत्ति हो भन्ने जानी जानी कसैले कुनै सम्पत्ति प्राप्त गरेमा, खरिद गरेमा वा राखेमा त्यस्तो सम्पत्ति जफत हुनेछ।

तर सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रचलित कानून बमोजिम हुने कसूरमा सोही कानून बमोजिम हुनेछ।

(९) यस दफामा लेखिएका कुनै पनि कुराले भ्रष्टाचारको कसूरमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नभएको तेस्रो पक्षको सम्पत्तिमा रहेको अधिकार उपर प्रतिकूल असर पुच्याएको मानिने छैन।

(१०) कसूरबाट प्राप्त रकम वा अन्य सम्पत्तिको रोक्का वा जफत सम्बन्धी अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ।